काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँके सभापति किरण कोइरालालाई आक्रमण गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि कारवाहीको माग गर्दै सदन अवरुद्ध गरेको छ ।
यो घटनाबारे आइतबार गृहमन्त्री रामबहादुर थापा बादलले सदनलाई जानकारी गराएका थिए । उनले दोषीहरुलाई कारवाही गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
तर, कांग्रेसले यो घटनालाई सरकारले राजनीतिकरण गरेको भन्ने शब्द प्रयोग गरेको र किटानी जाहेरी लिन प्रहरीले नमानेको भन्दै विरोध प्रदर्शन गर्यो ।
दुई पटक रोष्टम पुगेर घटनाबारे गृहमन्त्री थापाले जानकारी दिए पनि कांग्रेस सांसदले उठेर विरोध गरिरहे । त्यसपछि सभामुख महराले आधा घन्टाका लागि संसद स्थगित गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।