सरकारलाई प्रतिपक्षी सांसदको व्यंग्य– नेपाल प्रहरीको नाम ‘नेकपा प्रहरी राख्न सुझाब

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले नेपाल प्रहरीको नाम नेकपा प्रहरी राख्न सुझाब दिएका छन् । प्रहरीले कांग्रेसका नेतामाथिको सुरक्षमा बेवास्ता गरेको भन्दै उनले यस्तो व्यंग्य प्रहार गरेका हुन् । 

कांग्रेसको दोस्रो चरणको जनजागरणका क्रममा गत बिहीबार बाँकेको खजुरामा सत्तारुढ दलका कार्यकर्ताले कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा नदिएको भन्दै उनले सो घटना लोकतन्त्रमाथिकै हमला भएको बताए ।

गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनाबारे आइतबार सदनलाई जानकारी गराएपछि सोबारे पुरक प्रश्न गर्दै सिंहले सत्तापक्षले पार्टीको संरक्षण र संवर्द्धनका लागि राज्यको गृहप्रशासन दुरुपयोग गरिएको आरोप लगाए । 

प्रहरीले घटनास्थलको सुरक्षा दिन नसकेको भन्दै उनले भने, ‘नेपाल प्रहरीको नाम नेकपा प्रहरी राख्दा अन्यथा नहोला,’ उनको थप आरोप थियो,  ‘माथिकै निर्देशनमा घटना घटेको देखिन्छ।’





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १५:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया