आइफोन ११ः तपाईंका लागि नहुन सक्छ, तीन क्यामेराका कारण डराइरहेका छन् मानिस

एजेन्सी– जहिले एप्पलले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्छ, यसको विषयमा व्यापक धेरै चर्चा हुन थालिहाल्छ । अहिलेसम्म नेपालमा आइफोनको पछिल्लो उत्पादन आइफोन ११ कहिले आइपुग्छ भन्ने त थाहा भएको छैन । तर, विश्वभर यसमा भएका तीन क्यामेराबारे चर्चा व्यापक रुपमा सुरु भइसकेको छ ।

यही आइफोन ११ मा भएका तीन क्यामराका कारण केही मानिसहरु डराइरहेका छन् । 

तर, यो डर सामान्य होइन । यो त एउटा गम्भीर बिमारीको संकेत हो । यस्तो अवस्थालाई भनिन्छ– ट्राइपोफोबिया । यो एउटा यस्तो डर हो जसले छिद्र देख्दा वा प्वालहरु देख्दा र त्यसबाट बनेको जियोमेट्रिक प्याटर्न देख्दा मानिसहरुलाई समस्यामा पार्छ ।

यही कारणले आइफोन ११ मा भएका तीन क्यामेरबारे विश्वमा चर्चा सुरु भएको छ र केही मानिसहरुलाई यसले समस्यामा पार्न थालेको छ ।

यस्तो समस्या भएका मानिसहरुले कमलको फूलमा हुने प्वालहरुका कारण पनि आफूलाई फूल हेर्दा असहज भएको मान्छन् । छिद्रहरुको यो प्याटर्नका कारण ट्राइपोफोबिया भएका मानिसहरु निकै चिन्तित हुन्छन्, आत्तिन्छन् ।

पछिल्लो समय गरिएको एक अध्ययनले पनि विभिन्न प्याटर्नका कारण मानिसहरुमा समस्या हुनसक्ने निष्कर्ष निकालेका छन् ।



अहिले लन्च भएको आइफोन ११, आइफोन ११ प्रो तथा ११ प्रो म्याक्समा सबैभन्दा महत्वपूर्ण कुरा भनेकै तीन क्यामेरा हो । यी क्यामेराको सहयोगले एकै पटकमा विभिन्न तीन भिडियो खिच्न सकिने एप्पलले जनाएको छ ।

आइफोन ११ को प्रो मोडलमा त टेलिफोटो, वाइड तथा अल्ट्रा वाइड क्यामेरा छन् । यसमा नाइट मोडका लागि अर्को अप्सन पनि नभएको होइन । यसले राम्रो तस्वीर खिच्न सहयोग गर्ने एप्पलले जनाएको छ । 



तर, आइफोन ११ का यीनै राम्रा पक्षहरुले चाहिँ ती व्यक्तिहरुलाई समस्यामा पार्छ जो विभिन्न प्याटर्नका कारण डराइरहेका हुनसक्छन् । यस्ता मानिसहरुलाई अहिले आइफोनमा भएका तीन क्यामेरका कारण वाकवाकी लाग्ने तथा हृदयघातसम्मको खतरा हुने बताइएको छ । 

त्यसैले त अहिले विश्वमा केही मानिसहरुले आइफोन ११ नकिन्ने निर्णय गरेका छन् । उनीहरुले सामाजिक सन्जालमा यसबारे विभिन्न पोस्ट पनि गरेका छन् ।

कतिले त तलको फोटो राखेर आइफोन १५ को कल्पनासमेत गरेका छन् । जे होस्, यस्ता समस्या भएका मानिसहरुले आइफोन किन्नु हुँदैन भन्ने धारणा बढ्दो छ । तपाईं पनि प्याटर्नहरु देखेर डराउनुहुन्छ भने आइफोन ११ तपाईंका लागि पक्कै होइन ।

 

  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार २२:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया