सैफकी छोरी साराको भिडियो किन भयो भाइरल ?

एजेन्सी– बलिउड अभिनेता सैफ अलि खान तथा अमृता सिंहकी छोरी सारा अलि खानले बलिउडमा अत्यन्त राम्रो सुरुवात गरिन् । त्यसैले पनि अहिले उनका प्रशंसक निकै बढेका छन् । अनि उनका भिडियो र फोटोहरु सामाजिक सन्जालमा अत्यन्त धेरै सेयर भइरहेका पनि छन् । 

अब अहिले आएर साराका प्रशंसकहरुले उनको एउटा पुरानो भिडियो यति धेरै सेयर गरेका छन् कि त्यो भाइरल नै हुन थालेको छ । साराको यो भिडियो उनले ग्य्राजुएसन लिँदाकोउ समयको हो । भिडियोमा आमिर खान र नीता अम्बानीले सारालाई सर्टिफिकेट दिएका छन् ।

अनि दर्शकदीर्घामा रहेर सैफ र अमृताले यसलाई उत्सवका रुपमा मनाएका छन् । मुम्बईको धिरुभाई अम्बानी इन्टरनेसनल स्कुलबाट आफ्नो पढाइ गरेकी साराको त्यति बेलाको भिडियो अहिले पो भाइरल भइरहेको छ । यसको कारणका रुपमा बलिउडका पण्डितहरुले उनका प्रशंसकले अहिले उनीबारे निकै चासो दिनुलाई मानेका छन् । 

साराको फिल्म ‘लव आज कल’ केही समयपछि रिलिज हुँदैछ । यो फिल्ममा उनीसँगै वरुण धवन पनि छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार ९:३०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया