भारतीय पर्यटक चढेको बस दुर्घटना हुँदा २७ घाइते

तनहुँ— पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन्।

मुस्ताङको तिर्थस्थल मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नम्बरको बस अनियन्त्रित भई राजमार्ग छेउमा पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ।





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार ९:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया