काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)मा निर्वाचन एक सातापछि सार्ने गरि सहमति भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका उपाध्यक्ष इमरान ख्वाजा र अमर शेख र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालबीच सोमबार काठमाडौंमा वार्ता भएपछि नयाँ सहमति जुटेको हो । सहमतिअनुसार अब असोज १० र ११ गते विशेष साधरणसभा हुँदै छ । यसले नेपाल क्रिकेट संघमा नयाँ नेतृत्व चयन गर्नेछ ।
यसअघि ३ र ४ गते साधारणसभा गर्ने भनिएको थियो । यो साधरणसभा चाहिँ स्वतन्त्र टोलीले आह्वान गरेको थियो । स्वतन्त्र टोलीको यो सभामा बाधक राष्ट्रिय खेलकुद परिषद् बनेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले आफूसँग अनुमति नलिएको, २१ दिन म्याद नदिएको भन्दै यो साधरणसभा रोक्न निर्देशन दिएको थियो ।
क्रिकेट एसोसियसन अफ नेपालको यो विवाद अझै बढ्दै जाने देखिएपछि अन्तर्राष्ट्रिय क्रिकेट एसोसियसनका उपाध्यक्ष ख्वाजा नेपाल आएका थिए । उनीसहित शेख र सिलवालले वार्ता गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।