काठमाडौं– सरकारले यस वर्षको असोज ३ गते संविधान दिवसलाई खुसियालीका रूपमा मनाउने भन्दै सार्वजनिक बिदा घोषणा गरेको छ । तर, सरकारमै रहेको उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले भने सरकारको निर्णय बहिष्कार गर्ने भएको छ ।
संविधान जारी भएसँगै यसको विरोधका उत्रिएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले संविधान दिवसलाई कालो दिवसका रूपमा मनाउँदै आएको थियो । पार्टी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता भएपछिको पहिलो संविधान दिवसमा भने निरपेक्ष बस्ने भएको छ ।
समाजवादी पार्टीले नयाँ संविधान जारी भएको दिन दीपावली पनि नगर्ने साथै कालो दिवसका रुपमा पनि नमनाउने निर्णय गरेको छ । सरकारले संविधान दिवस भव्य बनाउन तीन दिनसम्म घर–घरमा दीपावली गर्न अपिल गरे पनि सत्तारुढ दलले नै सरकारको अपिलको अवज्ञा गर्ने भएको हो ।
सो पार्टीले असोज ३ गते सातवटै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयमा अन्तक्र्रिया गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।