संसदमा गगनले नारा लगाए– राज्य आतंक बन्द गर !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेसका वरिष्ठ नेताहरुले भेटघाटपछि संसद खुलाउन भएको सहमतिलाई कांग्रेसले अवज्ञा गरेको छ । नेपाली कांग्रेसका सांसद्ले सोमबार पनि सदन अवरुद्ध गरेर सदन चल्न दिएनन् । 

सदन अवरोध गर्ने क्रममा संसदमा कांग्रेसका सांसद्हरुले चर्को नाराबाजी गरे । यसको नेतृत्व नेपाली कांग्रेसका नेता गगन थापले गरेका थिए । 

उनले संसदमा नारा लगाए– राज्य आतंक बन्द गर, संसदमा निष्पक्षता कायम गर ।

बाँके जिल्ला सभापति किरण कोइरालामाथि भएको आक्रमणमा दोषीलाई कारवाही गर्नु पर्ने माग राख्दै केही दिनयता कांग्रेसले संसद चल्न दिएको छैन । 

कांग्रेसको होहल्लाबीच सभामुख कृष्णबहादुर महराले संसद् बैठक भोलिसम्मका लागि स्थगित गरेका छन् । 





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १६:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया