आलियासँग किस सिन गर्नु पर्ने भएपछि सलमानले छोडे इन्शाअल्लाह ?

एजेन्सी– बलिउड अभिनेता सलमान खान तथा निर्देशक सन्जय लीला भन्सालीको फिल्म इन्शाअल्लाह सन् २०२० को इदमा रिलिज गर्ने तयारी भएको थियो । तर, अहिले यो फिल्मको सबै काम नै रोकिएको छ । यसरी काम रोकिनुको कारण हो– सलमानले फिल्ममा काम गर्न नमान्नु । 

तर, सलमानले फिल्ममा काम गर्न किन चाहेनन् त ? 

इटाइम्स भन्ने भारतको मिडियालाई एउटा सुत्रले बताएअनुसार यो फिल्ममा अभिनेत्री आलिया भट्टसँग सलमानको एउटा सिन किस सिन थियो । त्यही कारणले सलमानले यो फिल्ममा नखेल्ने बताएको पत्रिकामा विशेष सुत्रको हवाला दिँदै लेखिएको छ ।

अर्कोतिर, यही फिल्मका लागि सन्जय लिला भन्सालीले केही दिनअघि अभिनेता ऋतिक रोशनसँग भेट गरेको समाचार पनि बाहिर आउन थालेका छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १६:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया