पुदिनाका फाइदा हामीले भुलिरहेका हुनसक्छौँ

एजेन्सी— पुदिना एउटा यस्तो वनस्पति हो जसलाई हामी घरमा प्रयोग गरिरहेका हुन्छौँ, अचार बनाउन । अझ चट्नीमा पुदिना हाल्यो भने त त्यसको स्वाद नै फरक हुनसक्छ । त्यसो त पुदिनाका अनेक फाइदा पनि छन् । जस्तो कि यसले हामीले खाएको खाना पचाउन निकै सहयोग गर्छ । 

त्यति मात्र होइन, यसले विभिन्न रोगलाई पनि उपचार गर्न सक्छ । पुदिनामा मेन्थोल, प्रोटिन, वसा, कार्बोहाइड्रेट, भिटामिन ए रिबोफ्लेबिन, तामा, फलामजस्ता शरीरलाई आवश्यक तत्वहरु पाइन्छ । 

यतिमात्र होइन, पुदिनाले उल्टी पनि रोक्न सक्छ । पेटमा जम्मा हुने ग्यासलाई भगाउन वा ज्वरोलाई ठिक पार्न पनि पुदिनाको प्रयोग गर्न सकिन्छ । 

पेटसँग जोडिएका अन्य रोगहरुका लागि पनि अचुक औषधि हो, पुदिना । पुदिनाको प्रयोग गर्दा बेसार र तातो पानीमा गर्न सकिन्छ । एक चम्चा पुदिनाको रस तातो पानीमा मिलाएर खाने हो भने यसले वमिट पनि रोक्न सहयोग गर्छ । 

तर, सतर्क चाहिँ के कुरामा हुनुपर्छ भने पुदिनाको प्रयोग अधिक मात्रामा गर्नु हुँदैन । धेरै पदिना खाँदा चाहिँ फेरि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनसक्छ । 





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १९:२७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया