काठमाडौं : मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध भएको छ। बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो ।
त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार अहिले विमानस्थलमा तीन किलोमिटर मात्र भिजिबिलिटी रहेको छ ।
भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको महानिर्देश क्षेत्रीले बताए। भिजिबिलिटी कम भएका कारण कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।