आजबाट च्याम्पियन्स लिग

काठमाडौं– फुटबलमा विश्व प्रतिष्ठित लिग च्याम्पियन्स लिगको सन् २०१९÷२० को सिजन आजबाट सुरु हुँदैछ । आज च्याम्पियन्स लिगअन्तर्गत आठ वटा खेल हुँदैछन् ।

नेपाली समयअनुसार आज राति १०ः४० मा दुई वटा खेलहरु हुनेछन् । यो खेल फ्रेन्च क्लब लायन र रुसी क्बल जेनिथबीचको हो । अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले चेक रिपब्लिकन क्लब साल्भा परागुईको सामना गर्ने छ ।

त्यस्तै, नेपाली समय अनुसार अबेर राति पौने एक बजे ६ वटा खेल हुँदैछन् । पोर्चुगिज टिम बेनिफिकाले जर्मन क्लब लिपिङ्गको सामना गर्ने छ भने डच टिमा आयक्स र फ्रेन्च क्लब लिली एक आर्कासँग भिड्ने छन् ।

इङ्लिस क्लब चेल्सी र स्पेनिस क्लब भ्यालेन्सियाले पनि एक अर्काको सामना गर्ने छन् । आज नै अष्ट्रियन क्लब साल्जवर्ग तथा बेल्जियम क्लब जिङ्कबीच पनि खेल हुनेछ । इटालियन क्लब नेपोलीले गत सिजनको विजेता इङ्गिलिस लिभरपुलको सामना गर्ने छ भने जर्मन क्लब डर्टमण्ड र स्पिेनिस क्लब बार्सिलोना पनि मैदानमा उत्रिँदैछन् ।





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १२:१४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया