नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांश दिने

काठमाडौं— नागरिक लगानी कोषको २४ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । कोषका शेयरधनीले चालु आर्थिक वर्षमा २३.१६ प्रतिशत लाभांश पाउने भएका छन् ।

कोषले आफ्ना शेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघिल्लो आर्थिक बर्षमा गरेको थियो । सोमबार भएको साधारणसभाले सो प्रस्ताव पास गरेको हो । 

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले प्रतिवेदन पेश गरे । उक्त प्रतिवेदनले कोषको आर्थिक हिसाबको साथै भावी योजना पनि प्रस्तुत गर्यो । 

कोषले सहभागीहरुलाई अवकाशको बेलामा निश्चित रकम दिने हेतुले एन्यूटी प्रोभाइडरको काम गर्ने भावी योजना सार्वजनिक गरेको छ । त्यस्तै, लगानीको दायरा विस्तार गर्न, निजी सार्वजनिक साझेदारी मेडेल मार्पmत परियोजनाहरु संचालन गर्ने पनि कोषले योजना बनाएको छ । 

कोषले स्टक डिलरको कार्य गर्ने हेतुले अभ्यास शुरु गरिसकेको छ  । नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात यो काम शुरु गरेको हो । 

कोषले प्रदेश ५ र ६ मा नयाँ शाखा बिस्तार गर्ने जनाएको छ । हाल पोखरा र विराटनगरमा कोषका दुई शाखा संचालनमा छन । 





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १२:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया