एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान दुवै देशका प्रधानमन्त्रीसँग चाँडै भेट गर्ने बताएका छन् ।
उनले यी दुई देशबीच उत्पन्न तनाव कम गर्ने दिशामा अत्यन्तै प्रगति भएको पनि बताएका छन् ।
साेही सिलसिलामा ट्रम्पले २२ सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथ भारतीय अमेरिकी नागरिकलाई सम्बोधन गर्न लागेका छन् ।
‘हाउडी मोदी’ कार्यक्रममा ५० हजारभन्दा बढी भारतीय–अमेरिकी नागरिकलाई सम्बोधन गरेर ट्रम्प ओहायो जाने बताइएको छ ।
त्यसपछि उनी संयुक्त राष्ट्र संघको वार्षिक महासभा सत्रका लागि न्युयोर्क जाने सम्भावना रहेको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग हुने भेटवार्ताकाे समय र स्थानबारे भने उनले खुलाएका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।