मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक

काठमाडाैं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ ।

उनकी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गए राति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको हाे ।

अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिएअनुसार केही समयदेखि मुटुरोगको उपचार गराइरहेकी थिइन्  ।

तीन छोरा र चार छोरीकी आमा ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो । 

उनको पार्थिव शरीरलाई गए राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १६:३१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया