आमासँग आशीर्वाद लिएर मनाए मोदीले जन्मदिन

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९औँ जन्मदिनमा आमा हीरासँग आशीर्वाद लिएका छन् । आशीर्वाद लिएपछि उनले आमा हीरा बेनसँगै बसेर खाना पनि खाए ।

मोदी आमासँग आशिर्वाद लिन मंगलबार २ बजे गुजरातको गान्धीनगरस्थित निवासमा पुगेका थिए । मोदीले झन्डै आधा घन्टा आमासँग भलाकुसारी गरेका थिए । 

प्रधानमन्त्री मोदी गान्धीनगर पुग्दा उनको निवासबाहिर स्थानीयको भिड लागेको थियो । आमासँगको भेटपछि घरमा आएका स्थानीयसँग सेल्फी खिचेर उनी नयाँदिल्ली फर्किएका छन् । 





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १८:७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया