सिग्नेचर डिजाइन गरिदिने एक विद्यार्थी, केही दिनमै कमाए लाखौँ

एजेन्सी– विश्वभर केही यस्ता मानिसहरु छन् जसले आफ्नो हस्ताक्षर आफैंलाई मन नपरेको गुनासो गरिरहेका हुन्छन् । उनीहरु आफ्नो हस्ताक्षर अझ राम्रो बनाउन खोजिरहेका हुन्छन् । रुसी नागरिक इवान कुजिन पनि आफ्नो सिग्नेचरबाट खुसी थिएनन् । २० वर्षका यी विद्यार्थी यसमा सहयोग खोज्दै साथी अनास्तासिया भएको ठाउँमा पुगे । अनास्तासियाले साथीलाई सहयोग गरे, सिग्नेचर डिजाइन गरिदिए । 

अनास्तासियाले क्यालिग्राफी सिकेकाले उनलाई सहज भयो । कुजिनले अनास्तासियालाई आफ्नो सुन्दर हस्ताक्षर सँगसँगै एउटा आइडिया पनि दिए– सिग्नेचरको डिजाइनरका रुपमा काम गर्ने र व्यवसाय गर्ने । यसका लागि कुजिनले पहिले नै दर्ता गरिसकेको कम्पनी उनीहरुले प्रयोग गरे । अनि अनलाइनमा मार्केटिङ गर्न थाले । त्यसपछि उनीहरुले इन्स्टाग्राममा आफूहरुलाई निकै फैलाए । सन् २०१८ को डिसेम्बरमा उनीहरुले आफ्नो कम्पनीको नाम दिएका थिए– राइट टाइट । अहिले यो कम्पनीले निकै धेरै ग्राहकलाई सेवा दिइसकेको छ । उनीहरुले ३४ लाख रुपैयाँभन्दा धेरै कमाइसकेका छन् । 

अहिले पनि उनीहरुकोमा ग्राहकको संख्या बढिरहेको छ । कुनै पनि ग्राहकले उनीहरुलाई सम्पर्क गरेपछि उनीहरु १० विभिन्न किसिमका सिग्नेचर बनाएर विकल्प दिन्छन् । ग्राहकलाई मन परेको सिग्नेचर कसरी गर्ने भन्ने थाहा दिन पनि उनीहरुले सिकाउँछन् । एउटा ग्राहकबाट उनीहरुले कम्तिमा पनि ८ हजार नेपाली रुपैयाँ लिने गरेका छन् ।





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार २१:३१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया