राप्रपा एनसेल प्रकरणमा संघर्ष र आन्दोलन गर्दै अगाडि बढ्नेः कमल थापा

काठमाडौं– राप्रपाका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणको विषयलाई संघर्ष र आन्दोलनको रूपमा अघि बढाउने बताएका छन् ।

राप्रपाको न्यायिक समितिद्वारा काठमाडौंमा आयोजित एनसेल प्रकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एनसेल प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो घाटा पुर्या्एको बताएका छन् ।

देशमा ठुला ठुला भ्रष्टाचारको काण्ड सार्वजनिक भइरहेको तर अनुशासन गर्ने निकाय र न्याय दिने निकायको इमानदारीता, निष्पक्षता र इच्छाशक्तिको कमी भएको उनले बताएका छन् । 

एनसेल करछली प्रकरण इतिहासकै सर्वाधिक ठूलो भ्रष्टाचारको काण्ड भएको बताउँदै अध्यक्ष थापाले राज्य व्यवस्था, संरचना र संयन्त्रमा क्रमशः धमिरा लाग्दै गइरहेकोमा चिन्ता प्रकट गरेका छन् ।

थापाले सुकदेव खत्री महालेखा परिक्षक रहँदा आफ्नो प्रतिवेदनमा एनसेल कर छलीको विषय उजागर गर्नुले नै आज देशको एनसेलको विषय जल्दोबल्दो मुद्दा बनेको बताएका छन् । थापाले एनसेलको विषयले हाम्रो संरचनामा धमिरा लागेको बताएका प्रमाणीत गरेको बताए । उनले एनसेल भ्रष्टाचार काण्डको निराकरण गर्न सके देशमा लागेको धमिरा समेत अन्त्य हुने बताएका छन् ।

त्यस्तै राप्रपाले एनसेल भ्रष्टाचार काण्डको विषयमा सशक्त रूपमा सदनमा उठाउने, संघर्ष र आन्दोलनको रूपमा समेत लैजाने थापाले बताएका छन् । उनले एनसेल प्रकरण राष्ट्रिय हित विपरित र संविधानको भावना विपरीत भएको टिप्पणी गरे ।



थापाले एनसेल कर छली विरुद्धका अभियान्तहरुले एनसेल विषयमा सशक्त रूपमा पुर्नजागारण गरेबाट देश र जनताप्रतिको दायित्व पूरा गरेको बताएका छन् ।

एनसेल कर छली प्रकरण विरुद्धका अभियन्ता डा।सुरेन्द्र भण्डारीले एनसेल कर छली प्रकरणमा भएको सर्वोच्च अदालतको फैसला राष्ट्रघात, असंवैधानिक र गरिबमारा फैसला भएको बताएका छन् । उनले प्रचलित कानुन बमोजिम एनसेल बिक्री हुँदाको लाभकर नतिरेकोमा देशलाई ठुलो घाटा लागेको दाबी गरेका छन् । डा। भण्डारीले एनसेलले कर छलीबाट जरिवाना समेत गरि हालसम्म ४ सय अर्ब तिर्नुपर्ने बक्यौता रकम पुगेको बताएका छन् ।



पूर्वसचिव द्वरिकानाथ ढुङ्गेलले १२ औं पटक बिक्री गर्दा १ खर्ब ४४ अर्बमा बिक्री भएकोमा राज्यलाई तिर्नुपर्ने कर नतिर्ने र राज्यले चासो नदिनुले राजनीतिक दल, मुख्य नेता, कर्मचारी प्रशासन र न्यायालयको नियत प्रष्ट भएको बताएका छन् । उनले अदालत समेतले एनसेलको विषयमा त्रुटिपूर्ण फैसला गरि न्याय मारेको आरोप समेत लगाएका छन् ।

  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार २१:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया