अदनान सामीलाई ५० लाख जरिवाना

एजेन्सी— भारतका चर्चित गायक हुन् अदनान सामी । तर, उनीसँग सन् २०१६ सम्म पाकिस्तानी नागरिकता थियो । उनी भारतमा नै बस्थे । त्यसैले उनले भारतमा घर किने, पार्किङ स्पेस किने  र अन्य स्थानहरुमा विभिन्न भवन पनि किने । 

त्यही विषयलाई लिएर अदनान सामीमाथि ५० लाख भारतीय रुपैयाँको जरीवाना लगाइएको छ । तर, यो जरिवाना नै गायक अदनानका लागि ठूलो राहत हो । किनकि यसअघि त उनको सबै सम्पत्ति जफत गर्ने आदेश एक अदालतले दिएको थियो । यो आदेशलाई त्यहाँको ट्राइब्यूनल अदालतले खारेज गरिदिएको छ ।

भारतीय मिडियाका अनुसार सन् २००३ मा सामीले मुम्बईमा ८ वटा फ्ल्याट तथा ५ वटा पार्किङ स्पेस किनेका थिए । त्यति बेला उनी पाकिस्तानका नागरिक थिए । तर, उनले यो सम्पत्ति किनेको जानकारी कसैलाई दिएनन् । भारतमा विदेशी नागरिकले कुनै सम्पत्ति किन्नु पर्दा वा लगानी गर्नुपर्दा आरबिआईलाई सूचना दिनु पर्ने हुन्छ । यही सूचना नदिएकाले सामीमाथि यो जरिवाना लागेको हो ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार ०:१४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया