एस्टेरोइड, जसले हाम्रा महाद्वीप बनाए

जोहन्सबर्ग– अन्तरिक्षमा करिब ३.८ करोड वर्षपहिले क्षुद्रग्रह (एस्टेरोइड) हरुले भारी बमवर्षा गरे । यसले पृथ्वीमा चट्टान र बालुवाको सुरुवाती पत्र निर्माण गर्यो, जसले कालान्तरमा महाद्वीपहरुलाई जन्म दियो । 

‘नेचर कम्युनिकेसन्स’ पत्रिकामा हालै प्रकाशित सोधले यो तथ्य प्रस्तुत गरेको हो । 

दक्षिण अफ्रिकाको बिटवाटर्सरेड विश्वविद्यालयका सोधकर्ताहरुले गरेको सोधअनुसार त्यस अवधिमा पृथ्वीमा एस्टेरोइडहरुको भारी वर्षा भयो । यसले पृथ्वीको सतहमा रहेको आग्नेय चट्टानको बाक्लो र कडा सतहलाई टुक्र्याइदियो । एस्टेरोइडको सतहको चट्टान पनि टुक्रिएर त्यसैमा मिल्यो । 

यी चट्टानमा अधिकांश हिस्सा ब्यासल्टको थियो । ब्यासल्ट एक भोल्क्यानिक आग्नेय चट्टान हो । त्यतिवेलाको पृथ्वीको सतहमा यसको हजारौँ किलोमिटर मोटाइ थियो, र फैलावट पनि त्यति नै । 

यो चट्टान सिलिकायुक्त थियो जुन हाम्रा महाद्वीपहरुको निर्माणका लागि नभई नहुने मिनरल हो । 

सोधमा संलग्न विश्वविद्यालयका प्राध्यापक राइस ल्याटिपोवले भनेका छन्, ‘यदि तपाईं त्यो समय पृथ्वीको सतह कस्तो देखिन्थ्यो भन्ने जान्न चाहनुहुन्छ भने अहिलेको चन्द्रमा हेर्नुहोस्, जुन हजारौँ विस्फोटले बनाएका खाडलहरुले भरिएको छ ।’





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया