तालिवानी नेताले ट्रम्पलाई भने– वार्ताका लागि ढोका खुला छ

एजेन्सी– अफगानिस्तानमा संघर्षरत समुह तालिवानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वार्ताका लागि आफ्नो ढोका खुला भएको बताएको छ ।

तालिवान समूहका मुख्या वार्ताकार शेर मोहमद अब्बास स्टानिकजाइले वार्ता नै अहिलेको अफगानिस्तानको शान्तिका लागि एउटामात्र विकल्प भएको बताएका छन् ।

तर, यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसँगको वार्ता मृत भइसकेको जनाएका छन् । 

यो महिनाको सुरुवातमा तालिवान र अमेरिका दुवैले अब अफगानिस्तानमा १८ वर्षे युद्ध अन्त्य हुन लागेको भन्दै खुसीयालीमा विज्ञप्ति जारी गरेका थिए । ट्रम्पले त तालिवान नेतृत्व, अफगान राष्ट्रपति असरफ घानीलाई भेटघाटका लागि क्याम्प डेभिडमा ८ सेप्टेम्बरमा बोलाएका पनि थिए । 

तर, ६ सेप्टेम्बरमा तालिवानले अफगान राजधानी काबुलमा एक आक्रमण गरेपछि ट्रम्पले वार्ता नहुने बताए । त्यो आक्रमणमा एक अमेरिकी सैनिकको पनि मृत्यु भएको थियो ।

‘तर, तालिवान कुनै गल्ती गरेको छैन,’ तालिवानका वरिष्ठ नेता शेर मोहमदले भनेका छन्, ‘अमेरिकाले त पहिले हजारौँ तालिवानलाई मारेको थियो नि ।’ त्यसैले पनि अमेरिकाले यस विषयमा सोच्नु पर्ने उनले बताएका छन् ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १०:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया