ट्रम्पले ताज महल घुम्ने

एजेन्सी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरमा भारतको आग्रामा रहेको ताज महल घुम्ने भएका छन् । उनको यो यात्रबारे औपचारिक जानकारी नआए पनि अमेरिकी अधिकारीहरु यसको तयारीमा जुटेको भारतीय मिडियामा समाचार आएको छ । 

प्रशासनिक सुत्रको हवाला दिँदै भारतमा अमेरिकी राष्ट्रपतिको भ्रमण तय भइसकेको जानकारी मिडियाहरुमा आएको छ । 

यसअघि सन् १९५९ मा अमेरिकी राष्ट्रपति आइजन हवर, २००० मा राष्ट्रपति बिल क्लिन्टनले ताज महल भ्रमण गरेका थिए ।सन् २०१५ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि ताज महलको भ्रमण गर्ने कार्यक्रम थियो तर त्यो अन्तिम समयमा रद्द भएको थियो ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार ११:६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया