ट्युनिसियाका तानाशाही जिने एल अबिदिनको साउदी अरेबियामा मृत्यु

एजेन्सी– ट्युनिसियाका अपदस्थ गरिएका तानाशाही जिने एल अबिदिन बेन अलीको निर्वासनमा रहेको समयमा साउदी अरेबियामा मृत्यु भएको छ । बिहिबार उनको मृत्यु भएको हो । उनी ८३ वर्षका थिए ।

उनका वकिलले यो कुराको पुष्टि गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यम अल जजिराले उल्लेख गरेको छ । 

ट्युनिसियाका विदेशमन्त्रीले पनि जिने एल अबिदिनको मृत्यु भएको पुष्टि गर्दै भनेका छन्, ‘उनको मृत्यु भएको समाचार सरकारलाई आएको छ ।’

सन् २०११ को जनवरीमा ट्युनिसियामा आन्दोलन चर्किएपछि जिने एल अबिदिन साउदी अरेयिबा शरण लिन पुगेका थिए । उनले तानाशाही प्रवृत्ति नत्याँगेपछि उनका विपक्षीले देशमा आन्दोलन सुरु गरेका थिए । पछि यो आन्दोलनले अरब स्प्रिङ अपराइजिङलाई प्रोत्साहन गरेको मानिन्छ । 

सन् २०११ मा ट्युनिसियाको अदालतले बेन अलीलाई ३५ वर्षको जेल सजाय सुनाएको थियो । उनीविरुद्ध भ्रष्टाचार गरेको देखि अत्याचार गरेकोसम्म आरोप लागेका थिए । सन् २०१२ मा त्यहाँको सैन्य अदालतले पनि उनलाई २० वर्षको जेल सजाय सुनाएको थियो ।

सन् २०११ मा हप्तौँसम्म प्रदर्शन हुन थालेपछि बेन अलीले ट्युनिसिया छाडेर साउदी अरब गएका थिए ।



त्यसो त उनी साउदी गएपछि बिग्रिएको अर्थतन्त्रका कारण ट्युनिसियामा उनको पुनरागमनको माग गरिएको थियो । तर, यो सम्भव भएन ।



  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार २१:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया