२२ वर्षअघि रेल २५ मिनेट ढिलो गराएका सनी देओल, करिश्मा कपुरविरुद्ध मुद्दा

एजेन्सी– भारतमा रेलवे अदालतले २२ वर्ष पुरानो ‘चेन पुलिङ’ मुद्दामा अभिनेता सनी देओल तथा अभिनेत्री करिश्मा कपुरविरुद्ध आरोप तयार गरेर मुद्दा अगाडि बढाएको छ । करिश्मा र सनी देओलले सन् १९९७ मा नरेना रेलवे स्टेसनमा फिल्म ‘बजरंग’को सुटिङ समयमा रेलमा इमरजेन्सी ब्रेक लगाउन परेको थियो । यसका कारण त्यो रेल २५ मिनेट ढिलो पुगेको थियो । यस विषयमा सुनुवाइ हुने भएपछि सनी देवल जयपुर पुगेका छन् । 

यसअघि यो विषयमा सन् २००९ मा अदालतले आरोप तय गरेको थियो । यसले करिश्मा तथा सनीले सेसन अदालतमा अप्रिल २०१० मा अपिल गरेका थिए । त्यति बेला अदालतले दुवैलाई सफाइ दिएको थियो । तर, रेलवे अदालतले यो मुद्दामा फेरि आरोप तय गरेको छ । 

उनीहरुविरुद्ध अब अनावश्यक रुपमा रेललाई हस्तक्षेप गरेको आरोप लगाइएको छ । 





  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार ९:३६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया