महाेत्तरी— नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महोत्तरी सेक्रेटरी भीम बहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति गौशाला नगरपालिका वडा नं. ८ स्थित उनकै घरबाट उनी पक्राउ परेका हुन् ।
आलेमाथी विस्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए । अहिले उनलाई ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ । केही समयअघि बर्दिवास नगरपालिकामा कुकर बम राखेको आरोप उनीमाथी छ ।
यसअघि सोही मुद्दामा महोत्तरीका इन्चार्ज रुप बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।