लगातार तीनवटा चुनाव जित्ने गरी कांग्रेसअघि बढ्ने : कांग्रेस प्रवक्ता शर्मा

झापा– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले चुनाव हार्दा देशले दुःख पाएको बताएका छन् । ०४८ सालदेखि पछिल्लो निर्वाचनसम्म आइपुग्दा कांग्रेसले एउटा चुनाव जित्ने र अर्को चुनाव हार्दा देशले दुःख पाएको उनको भनाइ छ । 

झापाको धुलाबारीमा आयोजित पार्टीका कार्यक्रममा नेता शर्माले अब लगातार तीनवटा चुनाव जित्ने गरि कांग्रेसअघि बढ्ने पनि बताए । उनले भने, ‘कांग्रेसले एउटा चुनाव हार्ने र अर्को चुनाव जित्ने गरेर देश बन्दैन ।’ 

बिपीले १५ वर्षमा हरेक नेपालीलाई आफूजस्तो बनाउँछु भनेको प्रसंग उल्लेख गर्दै शर्माले भने, ‘१६ सालमा प्रधानमन्त्री भएका बिपीले अब दुईवटा चुनाव जिताउनुभयो भने यो देशलाई एउटा ठाउँमा पुर्याउँछु भन्नुभएको थियोे ।’ 

उनले बिपीको भनाइ स्मरण गर्दै उनले आगामी तीनवटा निर्वाचन जितेर देशलाई कहाँ पुर्याउने हो प्रष्ट दृष्टिकोणका साथ जनतामा अब कांग्रेस जाने बताए ।  

केपी ओली नेतृत्वको सरकार बनेपछि वाइडबडी, सुनकाण्डदेखि बालुवाटार जग्गा प्रकरणसम्मका काण्ड घटाएर डेढ वर्षमा सबैभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाउँदै शर्माले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनतामा वितृष्णा आएको बताए । 

कांग्रेसले अब आफैँभित्र सुधार गर्नुको विकल्प नरहेको भन्दै उनले समयअनुसार बदलिन सक्नेले मात्रै पार्टीको नेतृत्व लिने र नबदलिनेले अब बिदा लिने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार १६:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया