संविधान दिवसको अवसरमा चिडियाखानाको छुट अफर

जावलाखेलस्थित सदर चिडियाखानाले शनिबारसम्मका लागि प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ । संविधान दिवसको अवसरमा चिडियाखानाले यस्तो छुट अफर ल्याएको हो । 

यस अफरमा १२ वर्षसम्मका बालबालिकाका लागि चिडियाखाना प्रवेशमा कुनै शुल्क तिर्नुपर्ने छैन । १२ वर्षभन्दा माथिकाको हकमा जम्मा ५० रुपैयाँ तिर्नुपर्नेछ । यो सहुलियत नेपाली तथा विदेशी सबै नागरिकका लागि रहने चिडियाखाना व्यवस्थापनले जनाएको छ । 

साबिकको शुल्कदरअनुसार चिडियाखाना प्रवेशका लागि विद्यार्थीलाई ९०, अन्य नेपाली सर्वसाधारणलाई १ सय ५० र विदेशीलाई ७ सय ५० लाग्थ्यो । छुट अफरमा धेरैले अवलोकन गर्ने चिडियाखाना व्यवस्थापनको अपेक्षा छ ।





  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार १८:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया