ग्यासको मूल्य घट्यो

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपिजी ग्यासको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि नै लागु हुने गरि प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य घटाएको हो । 

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार निगमले यो निर्णय गरेको हो । यसअघि नै पेट्रोल, डिजेल र मट्टीतेलमा निगमले प्रतिलिटर २ रुपैयाँ घटाएको थियो । 

घटेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ५० रुपैयाँ पर्छ । 

त्यस्तै निगमले हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५० रुपैयाँले घटाएको जनाएको छ ।





  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार १९:२१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया