मुटुलाई स्वस्थ राख्छ घिउले !

घिउ हामीमध्ये धेरैलाई मन पर्छ हाेला । घरमै बनाएकाे घिउ त मीठाे मात्र हाेइन निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रालाई भने ध्यान पुर्याउनुपर्छ । घिउ सेवनका फाइदा छन् :

-घिउ सेवनले छालामा चमक ल्याउनुका साथै स्वस्थसमेत बनाउँछ ।

-यसले स्मरण शक्तिमा पनि सकरात्मक प्रभाव पार्छ । 

-कब्जियतका बिरामीलाई घिउ निकै फाइदाजनक हुन्छ । 

-घिउ सेवनले जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा, हिँडडुल गर्न सहायता पुग्छ ।

-यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।



-यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरा घटाउनसमेत काम गर्छ ।

-घिउले शरीरमा भिटामिन डी उपलब्ध हुने वातावरण सिर्जना गर्छ ।



-घिउको सेवनले मधुमेहको समस्या समाधानमा मद्दत पु-याउँछ ।

-घिउले रगतमा चिनी नियन्त्रण गर्नुका साथै विकार वस्तुको खतराबाट पेटलाई जोगाउँछ । 

-घिउले शरीरलाई आरामदायी बनाउनका साथै निद्रामा सहयोग पु-याउँछ ।

-घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । विशेषगरी, यसको उपयोगबाट डिप फ्राई, तरकारी, दालरोटी र परौठा आदि बनाउन सकिन्छ ।

  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार १९:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया