को हुन् इजरायलका किंगमेकर ?

पाँच महिनामा नै गरिएको इजरायलको आम निर्वाचनमा कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन सकेका छैनन् । त्यसैले अब इजरायली राजनीतिमा किंग मेकरको चर्चा हुन थालेको छ । र, यी किंगमेकर हुन्, नेता अविगडोर लिबरमन । उनी धेरैका लागि आश्चर्य हुन् तर इजरायली राजनीतिक मन्चमा यो नयाँ नाम होइन । 

पछिल्ला २० वर्षमा लिबरमन कहिले सांसद भए त कहिले मन्त्री । जब उनी मन्त्री हुन्थे, उनले त्यहाँको प्रभावशाली मन्त्रालय नै सम्हालेका हुन्थे । र, उनलाई इजरायलमा सधैं विवादास्पद नेताका रुपमा नै हेरियो । 

तर, अहिले उनी जुन बाटोमा छन्, यसले अनेक प्रश्न सिर्जित गरेको छ । अहिलेको प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको उनी कसरी दुश्मन बने भन्ने कुरामा धेरैले आश्चर्य प्रकट गर्ने गरेका छन् । 

यसअघि ९ अप्रिलमा भएको निर्वाचनपछि लिबरमनले बेन्यामिनको सरकारमा सामेल हुने कुरालाई अस्वीकार गरिदिएका थिए । यसैका कारण पनि त्यहाँ पाँच महिनापछि फेरि अर्को निर्वाचन गर्न परेको थियो ।

यसपटक भएको निर्वाचनमा बेन्यामिनको नेतृत्वका पार्टीलाई ५५ सिट, विपक्षी पार्टीलाई ५७ सिट मिलेको छ । संसदको १२० सदस्यमा लिबरमनको पार्टीलाई ८ सिट मिलेको छ । त्यसैले अब उनले जसलाई साथ दिन्छन्, त्यही पार्टीले इजरायलमा सरकार बनाउने निश्चित छ ।

यो निर्वाचनको नतिजा आएलगत्तै उनले कसैलाई साथ दिनेबारे बोलेका छैनन् । र, उनले राष्ट्रिय एकताको सरका बनाउन माग गरेका छन् ।



तर, सबैभन्दा अचम्मको कुरा के हो भने कुनै समय इजरायलमा नेतान्याहु र लिबरमनको जोडी अत्यन्त मिलेको थियो । उनीहरु छुट्टिन सक्छन् भन्ने कल्पना पनि कसैले गरेको थिएन । 

६१ वर्षका लिबरमनलाई खासमा राजनीतिमा ल्याएका पनि नेतान्याहुले नै हो । तर, अहिले यी दुईको सम्बन्ध राम्रो छैन । त्यसैले अहिलेको इजरायलका लागि लिबरमन किंगमेकर हुन् । उनले जसलाई साथ दिन्छन्, उसैले त्यहाँ सरकार चलाउने निश्चित भएको छ ।



  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार २३:२२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया