जुन फिल्म सलमानले पूरा गरेनन्

एजेन्सी- सलमान खानलाई बलिउडमा दबंग खान पनि भनिन्छ । फिल्म हिट गर्न उनको नाम नै काफी हुन्छ । तर, सलमानका केही फिल्म यस्ता छन्, जो आजसम्म पनि रिलिज हुन सकेका छैनन् ।

 दिल है तुम्हारा
सन् १९९१ मा यो फिल्मका लागि सलमान खान, सनी देओल र मीनाक्षी सेसद्री अनुबन्धित भएका थिए । फिल्मको निर्देशन राजकुमार सन्तोषीले गर्दै थिए । तर, अचानक उनले बबी देओलको फिल्म ‘बरसात’का लागि साइन गरे । त्यसपछि यो फिल्म घोषणामै सीमित भयो ।

 राम
अरबाज खानले सोहेल खानको साथमा फिल्म राम (१९९४) निर्देशन गर्ने तयारी थियो । उनीहरूले ‘प्यार किया तो डरना क्या’ र ‘हेल्लो ब्रदर’जस्ता हिट फिलम दिएका थिए । तर, फिल्म यतिकै थाती रह्यो । अहिलेसम्म पनि फिल्मको सुटिङ हुन सकेको छैन ।

आँख मिचोली
सन् १९९७ मा ‘जुडवा’ रिलिज भएपछि सलमानले एनी बज्मीको फिल्म ‘आँख मिचोली’मा साइन गरेका थिए । उनको भूमिका यो फिल्ममा पनि दोहोरै थियो । तर, सलमानले फेरि दोहोरो भूमिकामा नदेखिने मनसाय राखेपछि सुटिङ नै भएन। 

 दश सलमान र सञ्जय दत्तको फिल्म 
‘दश’ (१९९७) पनि कहिल्यै पूरा भएन । निर्देशक मुकुल आनन्दको मृत्युका कारण फिल्म पूरा हुन सकेको थिएन । यो फिल्मको लागि रेकर्ड गरिएको गीत ‘सुनो गौर से दुनियावालोँ’लाई पछि अर्को फिल्ममा राखिएको थियो । 

 जल्वा
सञ्जय दत्त, अरमान कोहली, सलमानले एक्सन फिल्म ‘जल्वा’का लागि सन् १९९८ मा नै साइन गरेका थिए । तर, निर्देशक केतन धवनले पारिवारिक फिल्म बनाउने निर्णय लिएपछि घोषणामै सीमित भयो ।  



 ए मेरे दोस्त
सन् १९९८ मा फिलम ‘प्यार किया तो डरना क्या’भन्दा पहिला सलमान र अरबाज खान जोडी भएको फिल्म ‘ए मेरे दोस्त’ आउने वाला थियो । फिल्ममा सलमान र अरबाजसँगै करिश्मा कपुर र दिव्या भारती मुख्य भूमिकामा थिए । तर, दुर्घटनामा दिव्या भारतीको मृत्यु भएपछि फिल्मको काम पूरा हुन सकेन । 
 
 राजु राजा राम
डेभिड धवनले सलमान खान, ज्याकी श्राफ र गोविन्दाको साथमा ‘राजु राजा राम’ फिल्म बनाउने घोषणा गरेका थिए । तर, कुनै निर्माता फेला नपरेपछि फिल्मले गति लिन सकेन । फिल्म ‘जुडवा’मा सलमानले दोहोरो भूमिका निभाएका थिए। 

 घेराओ
यो फिल्ममा सलमानसँग मनीषा कोइराला थिइन् । निर्देशकमा राजकुमार सन्तोषी थिए । फिल्म घोषणापछि सुटिङमा जाने वेला रोकिएको थियो ।



 रणक्षेत्र
‘मैने प्यार क्युँ किया’मा सलमान खान र भाग्यश्री अनस्क्रिन जोडीका रूपमा चर्चित भए । त्यहीकारण पनि उनीहरूले सँगै ‘रणक्षेत्र’मा पनि साइन गरे । तर, भाग्यश्रीको विवाहका कारण फिल्मको सुटिङ रोकियो ।

  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार २३:३८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया