लियाेनार्दाेकाे ११ सय कराेड दान

हलिउडका ओस्कर विजेता अभिनेता लियोनार्डो डिकाप्रियोले करिब साढे ११ सय करोड रुपैयाँ दान दिएका छन् । ‘टाइटानिक’, ‘द रेभेनेन्ट’जस्ता फिल्मका हिरो डिकाप्रियो लामो समयदेखि जलवायु परिवर्तनलाई लिएर आफ्नो फाउन्डेसनबाट काम गरिरहेका छन् । जलवायु परिवर्तनकै लागि उनले साढे ११ सय करोड दान दिएका हुन् । 

आफूले दिएको दानको रकम जलवायु परिवर्तनको समस्यालाई कम गर्नका लागि खर्च हुने उनले बताएका छन् । लामो समयदेखि फाउन्डेसनको माध्यमबाट जागरण फैलाउने काम गरिरहेका डिकाप्रियोले सोही सन्दर्भमा विश्वका थुप्रै देशको भ्रमण गरिसकेका छन् । उनको अग्रसरतामा स्थापित फाउन्डेसनले २० वर्ष पूरा पनि गरिसकेको छ । 

उनले भनेका छन्, ‘जलवायु परिवर्तन र त्यसको प्रभावबाट मानिस तथा जीवजन्तुलाई बचाउने काममा लाग्न पाउँदा म आफूलाई भाग्यशाली मान्छु । फाउन्डेसनको माध्यमबाट मान्छेलाई सहयोग गर्न पाइरहेको छु । म सबैलाई हाम्रो साथमा जोडिनुस् र जलवायु परिवर्तनलाई रोक्नमा लाग्न अनुरोध गर्दछु ।’ डिकाप्रियो बाघ संरक्षण अभियानमा पनि सक्रिय छन् । उनी यही संरक्षणअन्तर्गत नेपाल पनि आएका थिए ।





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार ०:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया