हनुमानले कसलाई ल्याएका थिए सन्जिवनी ? सोनाक्षीलाई छैन थाहा

एजेन्सी– बलिउड अभिनेत्री सोनाक्षी सिन्हा केही घन्टा यता इन्टरनेटमा हटकेक बनेकी छिन् । त्यसो त उनको ज्ञानलाई इन्टरनेट वा सामाजिक सन्जालमा बढी आलोचना गरिएको छ । 

किनकि उनलाई सामान्य कुराहरु पनि थाहा रेहनछन् । कतिसम्म भने उनलाई हनुमानले कसका लागि सन्जीवनी बुटी ल्याएका थिए भन्ने पनि थाहा रहेनछ । 

यो प्रसंग हो, भारतीय टिभी कार्यक्रम कौन बनेका करोडपतिको । सोनाक्षी ११ औं सिजनको यो कार्यक्रममा राजस्थानकी एक उद्यमी रुमा देवीसँग सहभागी थिइन् । उनी विशेष पाहुनाका रुपमा कार्यक्रममा सहभागी थिइन् । उनलाई प्रश्न सोधियो– रामायणका अनुसार हनुमानले कसका लागि सन्जिवनी बुटी लिएर आएका थिए ? अप्सनहरु थिए– सुग्रीव, लक्ष्मण, सीता र राम । 

सोनाक्षीलाई यो जवाफ थाहा नभएपछि उनले पहिले लाइफलाइन लिइन् । अनि त्यसपछि उनले आफ्नो जवाफ भनिन्– लक्ष्मण । 

यतिमात्र के भनेकी थिइन्, सोनाक्षीलाई अहिले सामाजिक सन्जालमा निकै उडाइएको छ ।
 





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार ५:५१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया