जेनिफर लोपेजको फिल्म मलेसियामा प्रतिबन्ध !

एजेन्सी– हलिउड अभिनेत्री जेनिफर लोपेजको फिल्म ‘हस्ट्लर्सलाई’ मलेसियामा चल्न नदिइने भएको छ । मलेसियाको फिल्म बोर्डले फिल्म आफ्नो देशका लागि स्वभाविक नभएको भन्दै फिल्ममाथि प्रतिबन्ध लगाएको हो । 

‘यो सार्वजनिक रुपमा देखाउन मिल्ने फिल्म छैन,’ मलेसियाको सेन्सर बोर्डले जनाएको छ । 

यो फिल्म अहिले अमेरिका र बेलायतमा निकै राम्रो प्रतिक्रियाका साथ चलिरहेको छ । फिल्ममा नृत्यांगनाको एउटा ग्रुपले केही धनी व्यक्तिहरुलाई समस्यामा पारेको देखाइएको छ । 

पछिल्लो समय मलेसियाले हलिउडका फिल्ममाथि कडाइ गर्न थालेको छ । यसअघि यही वर्ष रकेटम्यान भन्ने फिल्म पनि मलेसियाले रोकिदिएको थियो ।





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार ५:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया