सधैं भागवत गीता लिएर हिँड्छन् आयुष्मान खुराना

एजेन्सी—  पछिल्लो समय भारतमा निकै हिट भएका छन्, अभिनेता आयुष्मान खुराना । गत वर्षको नेसनल अवार्डमा उत्कृष्ट अभिनेताको पुरस्कार जितेका खुरानाले निकै जिम्मेवार भएर पनि काम गरिरहेका छन् ।

अहिले चाहिँ उनी अर्कै कुराले चर्चामा आएका छन् । खासमा यो प्रसंग द जोया फ्याक्टरको हो । सोनम कपुरको यो फिल्मको अहिले निकै ठूलो प्रमोसन चलिरहेको छ । अनि विभिन्न कलाकार आफ्नो भिडियो सोनमसँग सेयर गरिरहेका छन् । जसमा उनीहरुले आफ्नो अन्धविश्वासको विषयमा कुरा गरेका छन् । रणबीर कपुर, आलिया भट्ट, जाह्नवी कपुरलगायतले पनि यस्तै भिडियो सेयर गरेका छन् । अब आयुष्मान पनि यही सूचीमा थपिएका छन् । 

अन्धविश्वासको विषयमा कुरा गर्दा आयुष्मानले आफ्नो नाममा थपिएका अक्षर चाहिँ बाबुका कारण भएको बताएका छन् । तर, सँगसँगै उनले भनेका छन् कि उनी सधैं आफूसँग भागवत गीता लिएर हिँड्छन् । बेडरुमदेखि सुटिङ स्पटसम्म पनि आफूसँग भागवत गीता नछुट्ने उनले बताएका छन् । कुनै विशेष काम गर्दा सम्मान गरेर त्यसलाई छुने पनि उनले बताएका छन् ।





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार १४:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया