टी—२० क्रिकेटमा नेपालको वरियता पुरानै

काठमाडौं— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० को नयाँ वरियतामा नेपालको स्थानमा कुनै घटबढ भएको छैन । आइसिसीले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालको स्थान ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं नम्बरमा नै थियो । 

अहिले सार्वजनिक वरियताअनुसार १४ खेलबाट २०१ रेटिङ अंक पाएको हो । अहिले टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, इंग्ल्यान्ड दोस्रो  र भारत तेस्रो र अष्ट्रेलिया चौंथो स्थानमा रहेको छ । त्यस्तै यो वरियतामा दक्षिण अफ्रिका पाँचौ स्थानमा छ ।





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार १५:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया