भरतपुर महानगरपालिका वडा नं १६ अध्यक्षकाे निधन

चितवन– भरतपुर महानगरपालिका १६ का वडा अध्यक्ष चतुरमान गुरुङको निधन भएको छ । क्यान्सरका बिरामी गुरुङको उपचारको क्रममा शनिबार बिहान निधन भएको महानगरपालिकाले जनाएको छ । उनको पुरानो मेडिकल कलेजमा निधन भएको हो ।

स्थानीय निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट विजयी भएका थिए । अध्यक्ष गुरुङ्गको अन्त्यष्टि सोमबार मात्र गर्ने परिवारीक स्रोतले जनाएको छ । 

अहिले उनको शव भरतपुर अस्पतालमा राखिएको छ । तीन छोराहरु मध्ये दुई छोराहरु वैदेशीक रोजगारीको शिलसिलामा विदेश रहेकोले उनीहरु आएपछि मात्र अन्त्यष्टि गरिने परिवारिक स्रोतले जनाएको छ । 





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार १६:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया