बसकाे ठक्करबाट एककाे मृत्यु

तनहुँ— पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा शनिबार बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नंको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका–३ बजार क्षेत्रमा ठक्कर दिँदा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक महेशराज पाठकले बताए ।

उनका अनुसार बसको ठक्करबाट घाइते थापाको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् । रासस





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार १६:४४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया