काठमाडौं– सत्तारुढ नेकपाले ६ वटै महानगरका लागि पार्टी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकले सबै महानगरका अध्यक्ष र सचिव मनोनीत गरेको हो ।
नेकपा सचिवालयले निर्मल देउलालाई काठमाडौं महानगरको अध्यक्ष र रवीन्द्र श्रेष्ठलाई सचिव मनोनीत गरेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, ललितपुर महानगरका अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य भएका छन् । पोखरा महानगरको अध्यक्ष दीपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्ष रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा भएका छन् ।
यस्तै, वीरगंज महानगरको अध्यक्ष रोहवर अन्सारी भएका छन् भने विश्वम्बर शर्मा सचिव भएका छन् । विराटनगर महानगरको अध्यक्ष सागर थापा र सचिव हेम कार्की मनोनीत भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।