एजेन्सी– पछिल्ला केही दिनयता भारतमा रोशन परिवारको मिडियामा निकै चर्चा बढेको छ । यसको कारण हो, ऋतिक रोशनकी बहिनी सुनैना रोशनको प्रेम सम्बन्ध । सुनैना पछिल्लो समय दिल्लीका मुस्लिम युवा रुहेल अमीनसँग सम्बन्धमा छन् भन्ने समाचार व्यापक फैलिएको थियो । तर, सुनैनाको यो प्रेम सम्बन्ध परिवारले मन पराएको थिएन ।
यही कारणले सुनैनाले आरोप पनि लगाएकी थिइन् कि उनको परिवार र ऋतिक रोशनले उनलाई तनाव दिइरहेका छन् । यसमा अभिनेत्री कंगना रनौटको पनि सहयोग मागेकी थिइन् सुनैनाले ।
तर, अब फेरि रोशन परिवारमा सहज वातावरण बन्न थालेको बताइएको छ । एक भारतीय पत्रिकाका अनुसार सुनैनाले आफ्ना प्रेमीसँग सम्बन्धविच्छेद गरेकी छिन् र आफ्नो परिवारमा यो कुरा बताइसकेकी छिन् । त्यसो त बाबु राकेश रोशनको ७० औँ जन्मदिनमा पनि सुनैना सहभागी भएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।