बलिउडमा बिपाशाका १८ वर्ष

बलिउड अभिनेत्री बिपाशा बसुले हिन्दी फिल्म क्षेत्रमा १८ वर्ष पूरा गरेकी छिन् । अभिनेत्री बसुले यसमा आफैंलाई गर्व भएको बताएकी छिन् । उनले आफू सधैं सत्यको पक्षमा लागेको र अहिले जे छु त्यो आफ्नो मेहनेतका कारण भएको पनि बताएकी छिन् । उनले आफ्ना सर्त सबै हासिल गर्न सकेको पनि बताएकी छिन् ।

बिपाशाले १८ वर्ष पुगेको अवसरमा आफ्नो पहिलो फिल्म अजनबीको एउटा तस्वीर पनि सामाजिक सन्जालमा राखेकी छिन् । तस्वीरमा अक्षय कुमार, बबी देओल तथा करिना कपुर खान पनि छन् । 

तस्वीरका साथ बिपाशाले लेखेकी छिन्, ‘मलाई यी वर्षहरुमा काम गरेकोमा आफैंमाथि गर्व लागेको छ ।’





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार २२:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया