दुई फिल्म खेलेकी साराको कमाइ वर्षमा ५० करोड !

मुम्बई– जम्मा दुईवटा फिल्म खेलेकी बलिउड अभिनेत्री सारा अली खानले गएको वर्ष ३० करोड भारु (झन्डै ५० करोड नेपाली रुपैयाँ) कमाइन् । बलिउडमा डेब्यु वर्षमै ३० करोड कमाउने उनी पहिलो अभिनेत्री हुन् । 

गत वर्ष (सन् २०१८) साराका लगातार दुई फिल्म केदारनाथ र सिम्बा रिलिज भएका थिए । दुवै फिल्मबाट उनले निकै राम्रो प्रतिक्रिया पाइन् । यसैकारण, सुरुआती करिअरमै उनको राम्रो ‘ब्रान्ड भ्यालु’ बन्यो । 

अभिनेता सैफ अली खान र अभिनेत्री अम्रिता सिंहकी पुत्री सारासामु अहिले फिल्म अफरको चाङ छ, र थुप्रै ब्रान्ड डिल पनि छ । त्यसैले त उनलाई अहिले ‘इन–डिमान्ड न्यु एक्ट्रेस’ भन्न थालिएको छ । 

आउँदो  साल सारा ‘कुली नम्बर १’ र ‘लब आज कल’को सिक्वलमा देखिनेछिन् । 





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार २२:२३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया