अनुष्का भारतका प्रभावशाली महिलाको सूचीमा सबैभन्दा कान्छी महिला

सन् २००८ मा बलिउडमा रब ने बना दी जोडीबाट डेब्यु गरेकी अभिनेत्री अनुष्का शर्मा फच्र्यून इन्डियाको २०१९ को शीर्ष ५० सबैभन्दा शक्तिशाली महिलाको सूचीमा समावेश भएकी छिन् । 

यो सूचीमा उनी ३९ औं नम्बरमा छिन् । र, उनी यो सूचीमा समावेश हुने सबैभन्दा कान्छी पनि हुन् । फच्र्युन इन्डियाले अभिनेत्री अनुष्काबारे लेखेको छ– उनी अभिनेत्री मात्र होइन, लाइन नुससहित उनी निकै धेरै ब्रान्डकी अनुहार पनि हुन् । उनले क्लिन सेट फिल्म्स २५ वर्षको हुँदा नै स्थापना गरेकी थिइन् ।

उनले यो ब्यानरबाट बनाएका फिल्मले बक्स अफिसमा पनि राम्रो गरेको पत्रिकाले जनाएको छ ।  





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार २२:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया