कश्मिर मुद्दामा अन्य देशसँग वार्ता गर्दै छ पाकिस्तान, इमरान पुगे अमेरिका

एजेन्सी— पाकिस्तानी पत्रिका अखबार एक्सप्रेसका अनुसार पाकिस्तानले पछिल्लो समय शक्तिशाली देश तथा अन्य केही इस्लामी देशसँग वार्ता गर्न सुरु गरेको छ । यसको उद्देश्य पछिल्लो समय भारतसँग बढेको असमझदारी भएको बताइएको छ ।

पत्रिकामा छापिएको समाचारअनुसार पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई वार्तामा सहभागी भएका देशहरुले एउटा अनुरोध गरेका छन्– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धेरै आलोचना नगर्नू, मोदीलाई हिटलर भन्न छाडिदिनु । 

पत्रिकाका अनुसार पाकिस्तानले भारतसँग त्यति बेला मात्र वार्ताको सम्भावना रहेको बताएको छ जतिबेला भारतले जम्मु कश्मिरको विशेष दर्जाको अधिकार फेरि पहिलेको जस्तै बनाउनेछ । 

पत्रिकाका अनुसार ३ सेप्टेम्बरमा साउदी अरबका उपविदेशमन्त्री तथा युएईका विदेशमन्त्रीले यही सन्देश लिएर पाकिस्तानमा इमरान खानलाई भेटेका थिए ।

यसबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खान आफ्नो सात दिने भ्रमणका लागि अमेरिका पुगेका छन् । उनीसँग विदेशमन्त्री शाह महमूद कुरैशी पनि अमेरिका पुगेका छन् । 

अमेरिकामा इमरान खानले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्दैछन् । लामो समयदेखि ट्रम्पले भारत र पाकिस्तानबीचको मध्यस्थता आफूले गर्न तयार रहेको बताउँदै आएका छन् ।





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १०:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया