एजेन्सी— बलिउड अभिनेता सैफ अलि खानले यशराज फिल्म्सलाई झट्का दिएका छन् । उनले फिल्म ‘बन्टी और बबली २’ गर्न अस्वीकार गर्दै यशराज फिल्म्सलाई झट्का दिएका हुन् । तर, यो फिल्ममा उनले पहिले काम गर्ने संकेत दिएका थिए ।
भारतीय सन्चारमाध्यममा छापिएका रिपोर्टअनुसार गत साता सैफ अलि खानले फिल्म नगर्ने फैसला गरेका हुन् । ‘यशराज फिल्म्सले यसअघि अभिषेक बच्चनलाई लिन चाहन्थ्यो,’ भारतीय मिडियामा लेखिएको छ, ‘तर, फिल्मलाई लिएर अभिषेकले कुनै एक्साइटमेन्ट देखाएनन्, उनलाई फिल्म गर्नबाट वन्चित गरियो । त्यसपछि यशराज फिल्म्सले सैफ अलि खानलाई फिल्ममा लिने तयार गरेको थियो ।’
तर, अब उनले पनि फिल्ममा काम नगर्ने बताएका छन् । यो फिल्मको पहिलो भाग बन्टी और बब्ली सन् २००५ मा रिलिज भएको थियो । त्यो फिल्ममा अभिषेक बच्चन, रानी मुखर्जी लिड रोलमा थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।