एजेन्सी— शनिबार सुपरस्टार सिंगरको एउटा विशेष कार्यक्रम राखिएको थियो । त्यो कार्यक्रममा अर्को रियालिटी सो इन्डियन आइडलको प्रमोसनका लागि पुगेका थिए, नेहा कक्कड, विशाल ददलानी तथा अनु मलिक । यी तिनै जना त्यहाँ सहभागीहरुको प्रतिभा देखेर दंग परे ।
खासमा कार्यक्रममा सबैले अत्यन्त राम्रो पर्फमेन्स पनि गरेका थिए । कार्यक्रममा हर्षित नाथले पनि अत्यन्त राम्रो प्रदर्शन दिएका थिए । यसका कारण नेहा अत्यन्त प्रभावित पनि भइन् । उनले त कतिसम्म गरिन् भने हर्षितलाई एक लाख रुपैयाँ दिन्छु भन्ने घोषणा नै गरिन् । नेहाले अनि भनिन्, ‘जति जुत्ता किन्नु छ, किन्नू ।’
त्यसपछि कार्यक्रममा हिमेश रेशमिया, नेहा कक्कडलगायतले आआफ्नो गीत गाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।