म्याग्दीमा बाढीले दुृई बालिका बगायाे
साङ्केतिक तस्वीर

बेनी— म्याग्दीको  बेनी नगरपालिका –२ बगरफाँटमा खहरे खोलामा आएको बाढीले दुई बालिका बगाएको छ । कोटखोलामा शनिबार राति अचानक आएको बाढीबाट बच्न भाग्दै गर्दा दुई बालिका बगाएकाे हाे । उनीहरुकाे खाेजी कार्य सुरु भएकाे छ । 

बेपत्ता हुनेमा बेनी नगरपालिका ९ की १० वर्षीया प्रविना र  बेनी नगरपालिका ५ खोरगैराकी ६ वर्षीया अनुश्का भएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।

राति करिब साढे १० बजे आएको बाढी घरभित्र पसेपछि भागदौडको क्रममा बाढीले उनीहरुलाई बगाएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिए । उनका अनुसार बाढीले ३ वटा घरमा पूर्ण रुपमा क्षति पुर्याएको छ । 

बाढीले बुद्ध एकेडेमी विद्यालयको भवन, शौचालय र खेलमैदानमासमेत क्षति पुगेको छ । बाढीले विद्यालयको भौतिक पूर्वाधारमा क्षति पुर्याउँदा पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १२:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया