विवेकशील नेपाली दलको अध्यक्षबाट रन्जु दर्शना ब्याक, शिव थापा र मिलन पाण्डेको उम्मेदवारी

काठमाडौं— १ र २ कार्तिकमा जनकपुरमा हुने महाअधिवेशनले विवेकशील नेपाली दलको नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष उज्जवल थापाले अब आफूले नेतृत्वमा दाबी नगर्ने बताएसँगै यो पार्टीको नेतृत्व कसले गर्ने भन्ने गरमागरम बहस सुरु भएको छ । 

महाअधिवेशनबाट अध्यक्षका लागि प्रत्याषीका रुपमा यसअघि काठमाडौं महानगरमा मेयर पदका लागि उठेकी रन्जु दर्शना, शिव थापा र अहिलेका प्रवक्ता मिलन पाण्डेलाई लिइएको थियो । 

तर, अध्यक्ष पदमा रन्जु दर्शनाले उम्मेदवारी दिइनन् । अब अध्यक्षका लागि मिलन पाण्डे र शिव थापाबीच जनकपुरमा मतदान हुनेछ । विवेकशीलको निर्वाचन आयोगका प्रमुख आयुक्त पवन गौतमका अनुसार अब यसको नतिजा १ कार्तिकमा आउनेछ । ‘मतदानको प्रक्रिया २८ गते देखि नै सुरु हुन्छ,’ पवनले भने, ‘अहिले अनलाइन भोटिङमा पनि गएकाले नतिजा आउन केही समय लाग्ने भएको हो ।’

त्यस्तै, विवेकशीलको नयाँ समितिमा महासचिवमा निर्देश सिलवाल र कर्मा तामाङको उम्मेदवारी परेको छ । उपाध्यक्षमा चाहिँ अजिता राई निर्विरोध निर्वाचित हुने भएकी छिन् । त्यस्तै नीति सचिवमा सन्जिव भट्टराई र विजयबाबु सिवाकोटीको उम्मेदवारी परेको छ । व्यवस्थापन सचिवमा चाहिँ संगीता बटाजु र अनुमा कोइरालाको उम्मेदवारी परेको छ । त्यस्तै, कोषाध्यक्षमा सुमित्रा गुरुङ र जीवन कार्कीको उम्मेदवारी परेको छ ।





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १३:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया