दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या

इलाम– जिल्लाको माइपोखरीमा एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आफूले पनि आत्महत्या गरेका छन् ।

४५ वर्षीय भाइ बुद्ध राईले पहिले ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेको र त्यसपछि आफूले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते बनेका विष्णु राईलाई इलाम अस्पतालमा सामान्य उपचारपछि झापा रिफर गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १७:६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया