के कुकुर पाल्नु स्वास्थ्यको लागि राम्रो हो ?

के तपाईंको घरमा कुकुर छ ? कुकुरलाई घरको सुरक्षागार्ड मात्रै मान्नुहुन्छ कि साथी पनि ? 

कुकुर वास्तवमै हाम्रो असल साथी हो । कुकुरले घरको मात्र होइन, तपाईंको स्वास्थ्यको पनि सुरक्षा गर्छ । 

हुन त हामीले प्राचीनकालदेखि नै कुकुरलाई असल र इमानदार मित्र मान्दै आएका छौँ । घरको सुरक्षाका लागि कुकुर महत्वपूर्ण ठान्छौँ हामी । तर, स्विडेनका खोजकर्ताहरुले गरेको अध्ययनले भने घरको मात्र नभई हाम्रो स्वास्थ्यको सुरक्षामा समेत कुकुर महत्वपूर्ण हुने देखाएको छ । 

अध्ययनले कुकुर पाल्ने मानिसमा मुटुरोगको जोखिम कम हुने देखाएको छ । कुकुरप्रेमी मानिसमा मुटुसम्बन्धी रोगबाट मृत्यु हुने सम्भावना अन्य मानिसमा भन्दा २३ प्रतिशत कम हुन्छ । 

४० देखि ८० वर्षका ३४ लाख मानिसमा १२ वर्षसम्म गरिएको अध्ययनले कुकुर नपाल्ने मानिसको तुलनामा कुकुर पाल्ने मानिसको मुटुरोगबाट मृत्यु हुने दर २३ प्रतिशत कम पाइयो । अध्ययन अवधिभर जुनसुकै रोगबाट मृत्यु हुनेमा पनि कुकुर पाल्ने मानिसको संख्या नपाल्नेको भन्दा २० प्रतिशत कम पाइयो । यसअघिको अध्ययनले पनि कुकुरले ‘सामाजिक एक्लोपना’ र ‘डिप्रेसन’को जोखिम घटाउने देखाएको थियो । यी दुवै समस्या मुटुरोग र कम उमेरमा हुने मृत्युसँग सम्बन्धित छन् ।  

अध्ययनअनुसार, कुकुर पाल्ने मानिस ‘स्ट्रेस’लाई तुलनात्मक रुपमा राम्रोसँग ह्यान्डल गर्न सक्छन् । उनीहरुको ब्लड प्रेसर र नाडीको चाल सन्तुलनमा रहन्छ । उनीहरुमा शारीरिक क्रियाशीलता बढी हुन्छ र कोलेस्टेरोलको मात्रा केही कम हुन्छ । 



अमेरिकन हर्ट एसोसिएसनले सन् २०१३ मा ‘कुकुर सम्भवतः मुटुरोगको जोखिम घटाउनमा सहयोगी हुने’ स्टेटमेन्ट सार्वजनिक गरेको थियो । यद्यपि, यस सम्बन्धमा भएका सबैजसो अध्ययन ‘अब्जर्भेसन’मा आधारित छन् । खोजकर्ताहरुले कुकुरको मानव स्वस्थ्यसँगको सम्बन्ध त पत्ता लगाए, तर वैज्ञानिक कारण खोतल्न भने सकेनन् । 

तर, कुकुर एक्लोपन हटाउने भरपर्दो साथी बन्नेमा भने सोधकर्ताहरु विश्वस्त छन् । रोगको जोखिम घटाउन अन्य मानिसबीच रहनुपर्ने बाध्यता कुकुरले हटाउन सक्छ ।



मुख्य खोजकर्ता टोभ फल भन्छन्, ‘कुकुरले मानिसलाई हिड्न प्रोत्साहन गर्छ । एक्ला मान्छेलाई ‘सोसियल सपोर्ट’ दिन्छ र जिन्दगीलाई थप अर्थपूर्ण बनाउँछ ।’ 

  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १८:५५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया